काठमाडौं । अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाइका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन् ।
बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाइ समेत स्थगित भएको थियो । प्राप्त विवरणहरूअनुसार ल्बानी सिटी कोर्टमा सुनुवाइको क्रममा विवादपछि साङ्ला छोडिएको थियो ।
अदालतको कार्यवाहीको भिडियो खिच्न खोज्ने व्यक्तिलाई रोक्न थालेपछि विवाद बढेको थियो । अदालतका अनुसार विवादपछि प्लास्टिक कन्टेनरहरूमा अदालतमा ल्याइएका सयौँ साङ्लाहरू छोडिएका थिए ।
साङ्ला फालिएको विषयमा अनुसन्धान भइरहेको छ । साङ्ला धपाउन किटनाशक औषधि छर्किएकाले अदालत बन्द गरिएको थियो । अदालतका अधिकारीहरूले खराब आचरण, सरकारी प्रशासनमा बाधा पुर्याएको र भौतिक प्रमाणमा अवरोध गरेको आरोपमा एक ३४ वर्षीया महिलालाई पक्राउ गरेका थिए । तर, पक्राउको केही समयपछि उनी रिहा भएकी थिइन् ।
सुनुवाइको समयमा अदालतममा भएको हर्कत त्यहाँको कारबाहीमा बाधा र क्षति पुर्याउने उद्देश्यले गरिएको आपराधिक व्यवहार भएको अदालत प्रशासनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया