विजुली प्रशारण लाइनमा चढे युवक : ‘न भनेको मान्छन्, न तल झर्छन्’

लोकपथ
945
Shares

काठमाडौं । नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।

ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।

स्थानीयका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति खम्बाबाट चढेर तारसम्म पुगेका हुन् ।

प्रहरी र विद्युत प्राधिकरणले उनलाई तल आउन भनेपनि उनी ५-६ घण्टादेखि तारमा समातेर बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?