जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

लोकपथ
91
Shares

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ वलेबनमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  आज जिप सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार दैलेखको गुँरास गाउँपालिका–७ की अन्दाजी ३४ वर्षीया कालिका शाही, सोही गाउँपालिका–५ शिवपुरीकी अन्दाजी ४० वर्षीया पुतला गिरी र सोही स्थानका अन्दाजी २१ वर्षीय दर्शन शाही रहेका छन् ।

दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका अन्य सबैलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल जाजरकोटतर्फ पठाइएकोमा हेलिकाेप्टरद्धारा थप उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको छ । घाइतेमध्ये चालकसहित ३ जनाको अवस्था गम्भीर रहेको छ ।

लुहादहबाट शिवपुरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको जिप आज बिहान साढे ७ बजे एक्कासी ब्रेक फेल भएर पल्टिएको ईलाका प्रहरी कार्यालय गर्खाकोट जाजरकोटले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?