काठमाडैं । नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ। निगमले प्रतिलिटर रु ८ ले मूल्यवृद्धि गरेको हो ।
निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्यवृद्धिसँगै पेट्रोलको भाउ १७८ रूपैयाँ प्रतिलिटर पुगेको छ ।
यसअघि निगमले १० रुपैयाँ मूल्य घटाएको भएपनि फेरि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै मूल्य बढाएको हो ।
निगमले डिजेल र मट्टीतेलको भाउ पनि प्रतिलिटर १२ रुपैयाँ बढेको छ। यससँगै डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६५ रुपैयाँ प्रतिलिटर पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया