जिल्ला अस्पताल लमजुङमा झाडापखालाका बिरामी बढे

लोकपथ
70
Shares

लमजुङ । गर्मी बढेसँगै लमजुङ जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालका प्रसाशन प्रमुख हेमन्त श्रेष्ठका अनुसार हाल दैनिक तीन सय ५० देखि तीन सय ८० जना बिरामी अस्पतालमा आउने गरेका छन् ।

गर्मी बढेसँगै अस्पतालमा झाडापखालाका बिरामीको चाप बढेको छ । दैनिक रूपमा ५० भन्दा बढी झाडापखालाका विरामी अस्पतालमा चेकजाँचका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

गर्मीका कारण खानपान तथा पिउने पानीमा विशेष ध्यान नदिँदा झाडापखालाका बिरामीको चाप बढेको अस्पतालका डा. विष्णु अर्यालको भनाइ छ । यस्तै, अस्पतालमा हाडजोर्नी, आँखा, दाँत, पेटसम्बन्धी समस्या, महिला रोगसम्बन्धी समस्या भएकालगायतका बिरामी आउने गरेका छन् । अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?