काठमाडौं । नेकपा एमालेका सांसद नारायण खतिवडाले नुवाकोटको सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको लागि भइरहेको समस्याहरुको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
जेठ २४ र २५ गते फोहोर व्यवस्थापनको क्रममा प्रहरीले त्यहाँका जनतामाथि ज्यादती गरेको भन्दै त्यसको ध्यानाकर्षण गराएका हुन् । म
प्रतिनिधिसभाको आजको बैठकमा बोल्लै नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसद खतिवडाले स्थानीय चुनावमा भोट लिनको लागि चुनाव चिह्नको लागि प्रयोग भएको लौरो नुवाकोटे जनता जनताको टाउको र ढाडमा बजारिएको टिप्पणी गरे ।
‘फाेहाेर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनताहरुमाथि दमन भएको छ । स्थानीय चुनावमा चुनाव चिह्न रहेको लौरो अहिले नुवाकोटे जनताहरुको टाउको र ढाडमा बजारिन पुगेको छ । फोहोर व्यवस्थापनको नाउमा नुवाकोटमा १७ वर्षदेखि वेथिती भएको छ, त्यो कुरा सुनेर जनताको जायज माग सुनेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था होस् म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनले भने ।
जेठ २४ र २५ गते काठमाडौंको फोहोर व्यवस्थापनका क्रममा प्रहरीले धरपकड गरेर सिसडोल र बञ्चरेका जनतामाथि डन्डा चलाएको छ ।
त्यसैगरी उनले कृषि बाली लगाउने समयमा मल नपाएका जनताहरुको माग सम्बोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया