१ नुवाकोटको बन्चरेडाँडामा फोहोर फ्याँक्ने क्रममा विवाद भएपछि स्थानीय र प्रहरीबीच झडप, केही राउन्ड अश्रुग्यास प्रहार, दुई सयभन्दा बढी प्रहरी परिचालन।
२ अछामका विनोद शाहीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुख सापकोटाको निर्देशन, दोषिमाथि कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह।
३ अमेरिकी प्यासिफिक कमान्डका जर्नेल चारदिने भ्रमणका लागि भोलि नेपाल आउँदै, भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने कार्यक्रम।
४ देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग, देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु हुनु शंकास्पद भएको सांसद आशाकुमारी विकको भनाइ।
५ उपसभामुख पद खारेज गर्न नेपाली कांग्रेसका सांसद अमरेश सिंहको माग, समयमै तटबन्ध नबनाए हजारौँ नागरिक विस्थापित हुने भन्दै तटबन्ध बनाउन सरकारलाई सुझाव।
६ काठमाडौंको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्ने गगन थापाको भनाइ, कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउन काठमाडौंवासीलाई आग्रह।
७ राष्ट्रियसभामा चार प्रतिवेदन पेस, देशैभरि भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण।
८ दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या गर्ने दुई जना पक्राउ, शंकास्पद एक जना अझै फरार, घटनाबारे थप अनुसन्धान हुँदै।
९ आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिनेहरूको लर्को, रञ्जु दर्शनाले काठमाडौंको क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने।
१० विद्युतीय सवारीसाधनमा लगाएको अन्तःशुल्क तथा भन्सार महसुल पुनर्विचार गर्न अटो व्यवसायीहरूको माग, पुरानै व्यवस्थाअनुसारको शुल्क कायम गर्न सरकारसँग अनुरोध।
११ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिने व्यवस्था ४ महिनाभित्र लागू गरिने, साना तथा मझौला कम्पनीलाई छुट्टै कारोबार प्लाटफर्म तयार गरिने प्रतिबद्धता।
१२ मारिओपोलमा पक्राउ परेका १ हजार युक्रेनी सेना रुस पठाइयो, देशले स्वतन्त्रतापछिकै ठूलो जटिलता सामना गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ।
१३ इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड दिइयो, लागुऔषध र हत्याको आरोपमा दोषी ठहर भएका थिए ११ पुरुष र एक महिला।
१४ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र कुशलको टी–ट्वान्टी वरीयता खस्कियो, आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार सन्दीप ३९औँ र कुशल ३८औँ स्थानमा।
१५ एफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गतको खेलमा नेपालले आज जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै, बलियो टिम जोर्डनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा मैदान उत्रँदै नेपाल ।
https://www.facebook.com/lokpath/videos/680003113324589
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया