काठमाडौं । बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।
मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको प्रहरीले जनाएकाे छ ।
स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको प्रहरीकाे भनाइ छ ।
बुधबार काठमाडौंबाट फोहोर फाल्न बन्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ।
यस्तै त्यहाँ ३७ जनाको सशस्त्र प्रहरीको टोली पनि खटिएको छ।
स्थानीयहरू बाटोमा ढुंगामुढा तेर्स्याएर डाँडामाथि उक्लिएका छन् । काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि फाल्ने ठाउँमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया