काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)पनि सहभागी भए स्वागत गर्ने बताएका छन् ।
साथै, अध्यक्ष यादवले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको पनि बताएका छन् । उनले फुटेर नभई जुटेर चुनावमा जानपनि आग्रह गरेका छन् ।
अध्यक्ष यादवले ५ दलीय गठबन्धन प्रदेश र संघीय संसदको निर्वाचनसम्म कायम रहोस् भन्ने आफूले चाहेको बताए । ‘हामी चाहान्छौं गठबन्धन नियमित अघि बढोस्’ उनले भने, ‘भलै कुनै पार्टीलाई कतै नोक्सान त कदै फाइदा पनि हुन्छ ।’
अध्यक्ष यादवले लोकतन्त्रमा रहेको संकटबाट बचाउँदै मुलुकलाई ट्रयाकमा ल्याउन सफल भएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया