सांसद थापाले मागे प्रमुख निर्वाचन आयुक्त थपलियाको राजीनामा

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेका सांसद लालबहादुर थापाले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित तीन जना आयुक्तहरुको राजीनामा माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सांसद थापाले बाजुराको बुढिगंगा नगरपालिकाको पुनः निर्वाचनबारे असन्तुष्टि जनाउँदै राजीनामा माग गरेका हुन् ।

बुढिगंगामा पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगकै छानबिन समितिको सुझावविपरित सत्तापक्षको प्रभावमा परेर गरिएको भन्दै मतगणना अघि बढाउने समेत माग गरेका छन् ।

‘यो घृणित कार्यमा संलग्न गृहमन्त्री, आईजीपीको राजीनामा र अरुमाथि कारबाहीको माग गर्छु । राजनीतिक जालझेल षड्यन्त्रमा परेर निर्वाचन आयोगको बहुमतको आधारमा पुनः मतदानको निर्णय गराएकोमा प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्त रामप्रसाद भण्डारी तथा ईश्वरी पौडेलको राजीनामा माग गर्दछु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?