बहुप्रतीक्षित कलंकी अन्डरपास सञ्चालनमा : यस्तो देखियो कलंकी चोक  (फोटो/भिडियो)

काठमाडौं । बहुप्रतिक्षित कलंकी अन्डरपास शुक्रबारबाट सञ्चालनमा आएको छ । 

अण्डरपासमा रंग लगाउने, साइन बोर्ड, ट्राफिक चिह्न राख्ने लगायतका काम बाँकी भएतापनि वर्षौदेखि घण्टौँ जामको सास्ती खेपेका सर्वसाधारणलाई राहत दिन आजबाट कलंकीमा निर्माण भएको अन्डरपास सञ्चालनमा ल्याईएको सडक विभागका महानिर्देशक रबिन्द्रनाथ श्रेष्ठले  बताए । 

शुक्रबार दिउँसो २ बजेबाट कलंकीमा निर्माणसम्पन्न अन्डरपास सञ्चालनमा ल्याईएको हो ।  यद्यपी कलंकी अन्डरपासमा अझै केहि कामहरु बाँकी रहेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।

भदौ १ गतेदेखि अन्डरपास सञ्चालनमा आउने भनिएकोमा ठेकेदार कम्पनीले सञ्चालन अनुमति दिनुपर्ने भन्दै शुक्रबार बिहानसम्म निर्माण सम्पन्न अन्डरपास सञ्चालनमा ल्याउने वा नल्याउने भन्ने विषयमा अन्यौलता थियो ।

शुक्रबार दिउँसो २ बजेबाट कलंकीमा निर्माणसम्पन्न अन्डरपास सञ्चालनमा ल्याईएको हो । 

यद्यपी कलंकी अन्डरपासमा अझै केहि कामहरु बाँकी रहेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर निरन्जन शर्मा अर्यालले यो अन्डरपासमा वार्निङ साइन, सडकमा मार्किङ, कलंकी चोकबाट खसिबजारसम्मको भाग फिनसिङ गर्न बाँकी रहेको र यो काम भदौ महिना भित्र पूरा हुने जानकारी दिए ।

‘अन्डरपास’ चार लेन फराकिलो र ३८ मिटर लामो छ ।

त्यस्तै खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि पनि दुई–दुर्ई लेनको छुट्टै सर्भिस ट्रयाक निर्माण गरिएको छ । चिनियाँ कम्पनीले बनाइरहेको २७ किलोमिटर लम्बाईको कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको १० किमि सडक पनि आगामी डिसेम्बरसम्म पूरा हुने भएको छ ।

सडक जाम कम गर्न निर्माण गरिएको ‘अन्डरपास’ को सञ्चालनपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् ।

जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर सञ्चालन हुने​

त्यसैगरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर सञ्चालन हुनेछ ।

त्यस्तै खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि पनि दुई–दुर्ई लेनको छुट्टै सर्भिस ट्रयाक निर्माण गरिएको छ ।

चिनियाँ कम्पनीले बनाइरहेको २७ किलोमिटर लम्बाईको कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको १० किमि सडक पनि आगामी डिसेम्बरसम्म पूरा हुने भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?