काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
व्यापारीसँग चन्दा उठाएको आरोपमा एक सातादेखि प्रहरी हिरासतमा रहेका उनलाई बुधबार जिल्ला अदालत काठमाडौंले थप दुई दिन थुनामा राख्न अनुमति दिएको थियो ।
आर्थिक, भौतिक र नैतिक हिसाबले चन्दा उठाएको बयान दिएका उनलाई सोमबार सर्वोच्च अदालतले बाटोको म्याद बाहेक ४८ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो ।
प्रकाण्डले मात्रै ७ करोड ५६ लाख रुपैयाँ चन्दा उठाएको विवरणसहितको आयव्यय रेकर्ड विशेष ब्यूरोको टोलीले फेला पारेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका थिए ।
विप्लव समूहका प्रवक्ता प्रकाण्ड हेटौंडाबाट काठमाडौं आउने क्रममा साउन २३ मा पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया