काठमाडौं । कलंकी अन्डरपास सञ्चालनमा आएको छ ।
सडक विभागका महानिर्देशक रबिन्द्रनाथ श्रेष्ठले कलंकीमा निर्माण भएको अन्डरपास सञ्चालनमा आएको जानकारी दिएका हुन् ।
ठेकेदार कम्पनीले सञ्चालन अनुमति दिनुपर्ने हुँदा बिहानबाट सञ्चालनमा आउन नसकेको उक्त अन्डरपास आज (शुक्रबार) दिउँसो २ बजेबाट सञ्चालनमा आएको विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
यस अघि कलंकी अण्डरपासको काम बाँकी रहेको र अझ केही दिन लाग्ने सक्ने भएको चक्रपथ विस्तार आयोजनाले जनाएको थियो । आयोजनाका इन्जिनियर निरन्जन शर्मा अर्यालले बताए अनुसार अण्डरपासमा रंग गर्ने, साइन बोर्ड राख्ने लगायतका काम बाँकी भएको हुँदा तत्काल सर्वसाधारणको लागि अण्डरपास नखुलाउने आयोजनाको तयारी थियो ।
आयोजनका प्रवक्ता निराजन अर्यालले यो अन्डरपासमा वार्निङ साइन, सडकमा मार्किङ, कलंकी चोकबाट खसिबजारसम्मको भाग फिनसिङ गर्न बाँकी रहेकाले यो काम भदौ महिना भित्र पूरा हुने जानकारी दिए ।
चिनियाँ कम्पनीले बनाइरहेको २७ किलोमिटर लम्बाईको कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको १० किमि सडक पनि आगामी डिसेम्बरसम्म पूरा हुने भएको छ ।
‘अन्डरपास’ चार लेन फराकिलो र ३८ मिटर लामो छ ।
सडक जाम कम गर्न निर्माण गरिएको ‘अन्डरपास’ को सञ्चालनपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् ।
त्यसैगरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर सञ्चालन हुनेछ । त्यस्तै खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि पनि दुई–दुर्ई लेनको छुट्टै सर्भिस ट्रयाक निर्माण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया