काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी फिल्म हेर्नमा पनि उत्तिकै रुचि दिन्थे । जब उनले मौका पाउँथे, त्यतिबेला उनी फिल्म हेर्न पुगिहाल्थे । रमेश सिप्पीद्वारा निर्देशित फिल्म ‘सीता र गीता’ उनलाई उत्तिकै राम्रो लाग्थ्यो ।
यो फिल्ममा धर्मेन्द्र, हेमा मालिनी र सञ्जीव कुमारले मुख्य भूमिका निभाएका थिए । यो फिल्ममा हेमा मालिनीले शानदार अभिनय गरेको फिल्मका रुपमा लिने गरिन्छ । अटल बिहारी वाजपेयीलाई यो फिल्म यति मन परेको थियो कि, उनले एकपटक हैन, पूरै २५ पटक फिल्म हेरेका थिए ।
My assocn with Atalji began whn Vinod Khanna introduced me to him.He ws so easy to talk to & his goodness shone in his eyes. Later, I was told tht he was v fond of movies & had even seen Seeta aur Geeta 25 times! I can proudly say tht I joined BJP bec I was drawn to ths great man pic.twitter.com/Pdnzf0cHJ5
— Hema Malini (@dreamgirlhema) August 16, 2018
अटल बिहारीले हेमा मालिनीलाई पनि उत्तिकै रुचाउँथे । विनोद खन्नाले वाजपेयीलाई हेमा मालिनीको भेट पनि गराएका थिए ।
अटल बिहारी वाजपेयीको व्यक्तित्वबाट हेमा मालिनी यति प्रभावित भइन् कि, उनले भारतीय जनता पार्टीमा सामेल भएर पछि सांसद पनि चुनिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया