काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोग बन्द नहुने बताए ।
शुक्रबार काठमाडौंमा भएको समृद्ध र सुशासनका लागि तहगत सरकारबीच समन्वय र अन्तरसम्बन्धबारे अन्तरक्रिया कार्यक्रम्मा बोल्दै मन्त्री पण्डितले लोकसेवा बन्द भएको बताएका हुन् ।
उनले लोकसेवा ३ वर्षको लागि बन्द हुँदैछ भन्ने हल्ला मात्र फैलिएको बताए । आयोग बन्द गर्न लाग्यो भनेर परिक्षाको तयारीमा जुटेका कर्मचारीलाई भट्काउने काम गरेको बताए ।
उनले केही पत्रकार मित्रले यत्रा यत्रा अक्षरमा आयोग बन्द गर्न लाग्यो भनेर कर्मचारीलाई उराल्न खाजेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया