हप्तामा २ दिन बिदा दिने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट

लोकपथ
378
Shares

काठमाडौं । सातामा दुई दिन बिदा दिने सरकारी निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

सोमबार दुई दिन सरकारी बिदा दिने निर्णय खारेजीको माग गर्दै अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाह, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, तेजबहादुर लोहनी र दीपक खनाल रहेका रिट दर्ता गराएका हुन् ।

उक्त रिटको भोलि (मंगलबार) का लागि पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

जनताको जीवनस्तरसँग जोडिएको विषयमा दुरगामी असर पर्ने बताउँदै हचुवाको भरमा उक्त नियम लागू गरिएको रिटमा उल्लेख गरिएको छ ।

सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्नका लागि भन्दै गत जेठ १ गतेबाट लागू हुनेगरी हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?