नवलपरासी : खोलामा डुबेर एक युवक बेपत्ता भएका छन् ।
पश्चिम नवलपरासीस्थित भारतीय गण्डकको पश्चिमी नहरमा बिहीबार साँझ एक युवक डुबेर बेपत्ता भएका हुन् ।
सुस्ता गाउँपालिका–२ सत्पती बस्ने जगनारायण चौधरीको छोरा वर्ष १७ का कमल चौधरी नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
उनी नहरमा पौडी खेल्दै गर्दा डुबेर बेपत्ता भएको र भारतीय पश्चिमी नहरमा पानी धेरै भएका कारण चौधरीको खोजी गर्न कठिन भएको बेलाटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया