सरकारले एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखायो : नेता पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले महंगी, कर वृद्धिका साथै शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारी लगातका आधारभूत विषयमा सरकारले जनविरोधी काम गरेको आरोप लागाएका छन् । 

कांग्रेस नेता पौडेलले सरकारले उल्लेख्या काम गर्न नसकेको दाबी गर्दै पूर्णतः असफल भएको दाबी गरेका हुन् । ६ महिना नपुग्दै सरकार असफल भइसकेको दाबी गर्दै उनले भने, ‘सरकारले एउटा पनि राम्रो काम नगरेको र न्यायपालिकामा समेत हस्तक्षेप गरेको बताए ।’ 

बिहिबार पार्टीको केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको जिकिर गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?