काठमाडौं । आईसीसी यू(१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले अहिले युएईसँग ८ रन मै अलआउट भएको छ ।
मलेसियाको यूकेएम ओभलमा युएईविरुद्ध ब्याटिङ गरेको नेपाल ८ रन जोड्दा अलआउट भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै ८ रन जोडेको हो ।
नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन । किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १र१ रन जोडिन ।
अन्जली कुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, कृतिका मरासिनी, रन्जु श्रेष्ठ, अलिशा कुमारी यादव सुन्य रनमा आउट भए ।
युएईका महिका गौरले ५ विकेट लिईन । इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया