काठमाडौं– नेपाल प्रहरीका २७ एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले उनीहरुले बुधबार सरुवा गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखका रुपमा बसन्त कुमार लामाको सरुवा भएको छ । यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंबाट विश्वराज पोखरेलको नेपाली दूतावास नयाँ दिल्लीमा सरुवा भएको छ ।
यस्तै ललितपुर प्रहरी प्रमुखका रुपमा रवीन्द्र कुमार धानुकको सरुवा भएको छ ।
यसैगरी महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानीपोखरीमा प्रद्युम्न कुमार कार्कीको सरुवा भएको छ । यस्तै निलम्बनमा परेका प्रहरी प्रधान कार्यालय तालिम महाशाखामा सरुवा भएका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया