चिटिक्कै बनाईयो काठमाडौँको नागपोखरी (१४ तस्वीर)

काठमाडौं ।

बिहीवार नागपञ्चमी पर्व मनाइँदैछ ।

श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन यो पर्व मनाईन्छ ।

श्रद्धा र विश्वासको पर्वका रुपमा लिइने यस दिन नागको पूजा गरिन्छ । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु शुभ मानिन्छ ।

नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहि आएको छ ।

नेपालको सुदूर तथा मध्यपश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, बिछ्छी जस्ता बिषालु जिव जनावरहरूको चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ । 

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व भोली (बिहीवार) परम्परानुसार घरका मूलढोकामा नागको फोटो टाँसी पूजार्चना गरेर मनाइँदैछ । नागपञ्चमीका अवसरमा घर(घरमा पूजाआजा गर्नुका साथै विभिन्न नाग मन्दिहरुमा नागको पूजा गर्न सर्वसाधारणहरूको भीड नै लाग्छ ।

काठमाडौंको नागपोखरी, भक्तपुरको चाँगुनारायण, ललितपुर धापाखेलको नागदह, काठमाडौंको टौदहमा नागको विशेष पूजा हुने गर्छ ।

यस क्षेत्रमा नागको पूजा गर्नेहरूको भीड नै लाग्ने गरेको छ ।  बिहीवार पूजाआजाका लागि नागपोखरी दुलही झै सिँगारिएको छ । 

तस्वीर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?