नेपालटारमा औद्योगिक सांस्कृतिक पर्यटन तथा ब्यापार मेला हुने

काठमाडौं । राजधानी काठमाडौंको पश्चिम क्षेत्रमा अवस्थित उत्कृष्ट पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको तर्केश्वोर नगरपालिका ११ स्थित नेपालटारमा औद्योगिक सांस्कृतिक पर्यटन तथा ब्यापार मेला आयोजना हुने भएको छ ।

ग्रामिण सांस्कृतिक संघ, ग्रामिण आदर्श बहमुखी क्याम्पस नेपालटार नामक युवा बिद्यार्थीहरुको संस्थाले महोत्सव गर्न लागेको हो । नेपालटारमा पर्यटन एवं संस्कृति प्रवर्धन गर्ने उद्देश्यले यहि भदौ १ गतेदेखि १६ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सव अवधिभर आन्तरिक तथा बाह्य गरी ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ भने ८० वटा स्टल रहनेछन् । ग्रामिण सांस्कृतिक संघका अध्यक्ष जीवन रानाका अनुसार पर्यटन प्रवर्धनसँगै स्थानीय उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, कृषि उत्पादनको बजारीकरण, स्थानीय कलाकारको कला उजागर गर्नेदेखि नेपालटारमा इ–लाइब्रेरी स्थापना गर्न सहयोग पुर्याउने गरी महोत्सव आयोजना गर्न लागिएको हो ।

तार्केश्वोर नगरपालिका वडा नम्वर ११ र नेपाल मेला महोत्सव संघको विशेष सहयोगमा सञ्चालन हुने मेलामा तरकेश्वोर लगायत आसपास का क्षेत्र लगायत देशका विभिन्न क्षेत्रबाट पनि पर्यटक आउने आयोजकको अपेक्षा छ । कार्यक्रममा बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनुका साथै हाँस्यकलाकारहरुको समेत प्रस्तुती रहने आयोजक समितिका जीवन रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?