काठमाडौं । कतारमा श्रम गर्न जाने नेपाली कामदारले अब एक रुपैयाँ पनि तिर्नु नपर्ने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जाने नेपालीले म्यानपावरलाई एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार गर्ने बताए ।
बुधबार संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफलले अन्तिम रुप दिन लागेको बताएका हुन् । यसका लागि कतारसँगको नयाँ सम्झौता गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।
‘कतार जाने श्रमिकका लागि विशेष व्यवस्था गर्न हाम्रो प्रयत्न जारी छ । केही समयभित्रै मजदुरले एक रुपैयाँ पनि नतिरी सजिलो प्रक्रियामार्फत कतार जाने व्यवस्था गर्न लागिरहेका छौं,’ बिष्टले भने,’त्यसको लागि सम्झौताको तयारी अन्तिम चरणमा छ ।
कतरामा कामदार लैजाने प्रक्रिका लागि सरकारी स्तरबाटै विशेष ‘रोजगारी भिलेज’को व्यवस्था गर्न प्रस्ताव गरिएको मन्त्रालयले जनाए ।
यस्तो व्यवस्थापछि कामदारलाई कतार जानका लागि म्यानपावरसम्म धाउनु नपर्ने अवस्था सृजना हुने विश्वास सरकारको छ ।
मन्त्रालयले कामदारलाई एकद्वार प्रणालीबाटै ‘वान स्टप सेन्टर’ मार्फत लैजाने व्यवस्था लागि कतार पनि तयार भएको दावी गरेका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया