काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संघीयतालाई बलियो बनाएर लैजानुको विकल्प नरहेको दाबी गरेका छन् ।
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहेका उनले संघीयता कमजोर भए मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी पनि दिए।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपालका संघीयता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयताले मात्रै मुलुकका सबै समुदायलाई अधिकारलाई सुनिश्चित गर्ने पनि स्मरण गराए।
उपप्रधानमन्त्री यादवले संघीयतालाई समाप्त पार्न अझै षडयन्त्र भइरहेकाले सचेत रहन समेत आग्रह गरेका छन् ।
सबै समुदायको पहिचानलाई स्थापित हुने गरी संविधान संशोधन गर्नुपर्नेम जोड दिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया