काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदलाई सम्बोधन गर्ने भएको छ।
उनले भदौ २ गते विहान ११ बजे संबोधन गर्ने कार्यक्रम भएको सभामुख सरोज कुमार यादवले बताए ।
भदौ २ गते सम्बोधन गर्ने गरी तयारी भएपनि अहिले नै औपचारिक रुपमा जानकारी आउन नआएको प्रदेश २ सरकार मुख्यमन्त्री एव मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयालले जानकारी दिएका छन् ।
यता प्रदेश सभा सचिवालयले पनि प्रधानमन्त्रीको सम्बोधनबारे तयारी भइरहेको जनाएको छ।
सोही दिन प्रधानमन्त्री ओलीले तत्कालीन माओवादी नेता रामवृक्ष यादव९मास्टरसाब०को स्मृतिमा हुने सभालाई पनि धनुषाको बर्मझियामा सम्बोधन गर्ने तयारी भइरहेको छ।
प्रधानमन्त्री ओलीले प्रदेश १, प्रदेश ३, गण्डकी र प्रदेश ५ को प्रदेशसभालाई संबोधन गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया