काठमाडौं । पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँ स्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइएको छ । हरेक वर्ष अगस्ट १४ तारिखमा पाकिस्तानले स्वतन्त्रता दिवस मनाउने गर्दछ ।
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका थिए ।
समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव अमजद हुसैन बी सियाललगायत कामको सिलसिलामा काठमाडौँमा रहेका पाकिस्तानी नागरिक तथा पाकिस्तानी दूतावासमा कार्यरत कर्मचारीका परिवारको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया