काठमाडौं । मलेशियाका मानव संशाधन मन्त्री एम.कुलशेगरनले नेपाल र मलेशियाबीच एमओयु गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
एमओयु निर्माणमा आफूहरुले नेपाल सरकारबाट पनि सल्लाहसुझाब पाएको कुलशेगरनले बताए । उनले एमओयुले हाल नेपाली श्रमिकहरुलाई लिएर रहेको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
राजधानी क्वालालाम्पुरमा भएको एक कार्यक्रममा उनले भने ‘यसअघि उनीहरु(नेपाल)सँग हाम्रो एमओयु थिएन । तर अहिले आएर उनीहरु हामीसँग एमओयु गर्न तयार भएका छन्’ उनले भने, ‘म यो मुद्दाको समाधानको लागि छिट्टै नेपाल भ्रमण गर्नको लागि क्याविनेटबाट अनुमति लिनेछु ।’
कुलेसेगरनले धेरै रोजगारदाताहरुले नेपाली कामदार मागिरहेको बताउँदै सरकारले यसमा कुनै रोकतोक नलगाएको बताए । तर, मुख्य समस्या अत्याधिक फाइदा लिने बिचौलिया रहेको बताए ।
‘हामी बिचौलिया एकाधिकार तोड्न चाहन्छौं । सरकारले समय समयमा गर्ने प्रणाली विकासको बेला रोजगारदाताहरुले हामीसँगै धैर्य गरिदिनुहुन्छ भन्ने आशा गर्छु’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया