भक्तपुर: गत असार १५ गते भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ जितपुरमा हत्या भएका उमेश कार्कीको परिवारले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
भक्तपुरमा पत्रकार सम्मेलन गर्दै मृतक उमेशकी श्रीमती अनिता कार्कीले घटना भएको ४५ दिन बितिसक्दापनि प्रहरीले सबै अपराधी पक्राउ गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।
कुनै ठूलै रिसिइवीका कारण योजना बनाएर नै आफ्नो श्रीमान्को हत्या भएको भन्दै अनिताले सत्यतथ्य बाहिर ल्याउन प्रहरीसमक्ष माग गरेकी हुन् ।
उनले रड टाउकोमा हानेपछि पटक–पटक चक्कु हानेर छियाछिया हुने गरी टाउकोमा २५ भन्दा बढी चोट लाग्ने प्रहार गर्नु पुरानो रिसिइवी नै भएको उनको भनाई छ ।
प्रहरीको अनुसन्धानमा दुई चोक्टा मासु पोखिएको रिसमा हत्या भएको भनिएको थियो ।
घटनामो प्रकृति हेर्दा उनलाई टाउकोमा मात्र २५ भन्दा बढी चोट लाग्ने गरि छुरा हानीएको थियो ।
त्यो कुनै सामान्य रिस नभएको र विभत्स तरिकाले छोराको हत्या गरिएको मृतक उमेशका पिता कृष्ण वहादुर कार्कीले दाबी गरे ।
उक्त घटनामा संग्लन भनिएका राजेन्द्र चौधरी , बासुदेव लोहार (विक), सुकदेव लोहार (विक) र शंकर पटेललाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन नसक्नुले घटनाको रहस्य बाहिर आउन नसकेको उनीहरुको भनाई छ ।
मृतक कार्कीका बुवा, आमा, श्रीमती र दुई छोरा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया