घरबिदामा आएका कामदार पुनः कतार जान पाएनन्

काठमाडौ-विगत लामो समयदेखि श्रम स्वीकृति दिने कार्य बन्द भएकाले वैदेशिक रोजगारीमा गई घर बिदामा आएका कामदार पुनः कतार जान पाएका छैनन् । घरेलु कामदारको रुपमा विभिन्न मुलुकमा पुगेका नेपाली युवा÷युवतीले ज्यादै दुःख पाएको र घरेलु हिंसामा परेको जनगुनासो आएपछि सरकारले विगत डेढ वर्षअघिदेखि घरेलु कामदारलाई श्रमस्वीकृति नदिने निर्णय लिएकाले अहिले घर बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जाने तयारीमा रहेका ती कामदारहरु मर्कामा परेका हुन ।
संसदको श्रम समितिले निर्देशन दिएपछि सरकारले २०७३ सालको २२ चैतदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिवन्ध लगाएको थियो । सोही निर्देशन पछि वैदेशिक रोजगार विभागले घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिने कार्य बन्द गरेका कारण अहिले विगत १२÷१५ वर्षदेखि विदेशमा रहेका नेपाली कामदार आफ्नो घर आउन पाएका छैनन् भने उताबाट घरबिदामा आएकाहरु समेत पुनः श्रमस्वीकृति लिएर जान पाएका छैनन् । विगत १५ वर्षदेखि कतारको एक राजपरिवारको घरमा काम गर्दै आएका बेल्कोटगढी नगरपालीका –११ नुवाकोटका कृष्णमुरारी पाण्डेले वैदेशिक रोजगार विभागले पुनः श्रमस्वीकृति नदिएकाले आफु गम्भिर मारमा परेको बताए ।

तीन महिनाअघि सामान्य बिरामी भई घरबिदामा आएको बताउँदै उनले भने, ‘मैले उताबाट स्वदेश फर्किने बेला कतारस्थित नेपाली दूतावासको पत्र बोकेर आउँदा पनि पुनः श्रमस्वीकृति पाइएन’। उनले अहिले यहाँका केही बिचौलियाहरुले आफुलाई बढी पैसा लिएर श्रम स्वीकृति दिन्छु अथवा भारतीय बाटोहुँदै गए भइहाल्छनी भन्दाभन्दैपछि अहिले आफु वैधानिक रुपमा मात्र जान चाहेकाले जान नपाएको गुनासो गरे ।
 उनले घर बिदामा आएको भिषाको समय त्यसै खेर गएपछि आफुले कतारमा १५ वर्षभन्दाबढी समय एउटै कम्पनीका काम गरेर पनि त्यहाँबाट आफुले सबै हिसावकिताव गरि पाउने करिब १५÷१८ लाख रुपैयाँ त्यसै गुमाउनुपरेको बताए । पुनः श्रमस्वीकृति नपाएकै कारण अहिले पाण्डे मात्र नभएर धेरै कामदार मर्कामा परेका छन् । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?