काठमाडौं । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले करको दायरा मात्र बढाइएको बताएका छन् ।
करको दायरा मात्र बढाएर कर नबढाएको उनले बताए ।
सरकारले अत्यधिक कर थोपरेको भनेर उद्योगी व्यवसायीबाट विरोध भइरहेको बेला मन्त्री आङ्बोले कर बढाएको भन्ने भ्रममात्र भएको दावी गरे ।
२४ औं विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपाल आदिवासि जनजाति महासंघ बेलबारीले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री आङ्बोले तीन तहको सरकारका कारण दोहोरो करको मार पर्यो भन्ने भ्रममा नपर्न र यस्तो भ्रम नछर्न अनुरोध गरेका छन् ।
देशलाई साम्प्रदायिक झमेलामा फसाउने असफल प्रयासहरु भइरहेको भन्दै उनले सचेत रहन सबैलाई अनुरोध पनि गरे ।
उनले पहिचानलाई सम्बोधन गरेमात्र प्रदेशको विकास र समृद्धि लागि सहज हुने धारणा व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया