काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका डा. गोविन्द केसीले १६ औँ अनसन बस्ने चेतावानी दिएका छन् ।
शनिबार बिहान आफ्नो वार्ता टोलीसहित बालुवाटार पुगेका डा. केसीले सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक नआए १६ औँ अनसन बस्ने चेतावनी दिएका हुन् ।
डा. केसीले आफूसँग भएको सम्झौता अनुसार नै विधेयक पास हुनु पर्ने बताएका छन् । नभए १६ औं अनसन बस्ने चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले भने, सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन दिँदै अन्य सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव समेत गरे । तर, डा. केसीले त्यस समितिमा आफू नबस्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया