कास्की । राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन पछि देशमा राजनीतिक स्थिरता कायम नभएको बताएका छन् ।
आज कास्कीमा पत्रकार सम्मेलन गर्दे निर्वाचन पछि देशमा राजनीतिक, आर्थिक विकासमा केन्द्रीत हुने जनअपेक्षा पूरा नभएको उनले बताए । केही सुधारका काम गर्ने संकेत देखिएपनि परिणाम केन्द्रीत नहुँदा आशंकामा परिर्वतन भएको उनको भनाइ छ ।
रप्रपा अध्यक्ष कमल थापा पार्टीको गण्डकी प्रदेश कार्यालय स्थापना र गण्डकी प्रदेश स्तरीय हिन्दु राष्ट्र पुनःस्थापना जनजागरण अभियानको क्रममा सहभागी हुन पोखरामा गएका थिए ।
राप्रपा अध्यक्ष कमल थापाले मिडिया नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा व्यक्त बुँदाहरु:
– निर्वाचन पछि देशमा राजनीतिक स्थिरता कायम हुने र देशको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रीत हुने जनअपेक्षा थियो तर सरकारको काम कारबाहीबाट कोही उत्साहित हुने अवस्था छैन । सरकार गठनको शुरुआती दिनमा केही सुधारका काम गर्ने संकेत देखिएपनि परिणाम केन्द्रीत नहुँदा आशंका बढेर गएको छ । यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्य गर्ने, बहुचर्चित ३३ केजी सुनकाण्ड, समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी बारे सरकार चर्चा अनुरुप कडाइका साथ प्रस्तुत नहुँदा आशंका बढेर गएको छ ।
-दुई तिहाइको सरकार छोटो अवधि मै अलोकप्रिय हुँदै जाँदा जनतामा निराशा छाउनु स्वभाविकै हो यद्यपि सरकारलाई अझै सुधारको मौका दिनुपर्ने राप्रपाको धारणा रहेको छ, विपक्षीले संसद अवरुद्ध गर्ने र सडक तताउने काम गर्न हतारो हुन्छ भन्ने पार्टीको धारणा छ । २० वर्ष हिंसात्मक द्वन्द र राजनीतिक संक्रमणको नाममा खेर गइसकेको छ, थप अस्थिरता मुलुकलाई थोपर्नु हुन्न भन्नेमा राप्रपा दृढ छ त्यसैले राप्रपाले सरकारको काम कारबाहीलाई अत्यन्त चनाखो भइ निगरानी गरिरहेको छ ।
-देशमा भ्रष्टाचार बढ्दै गएको, सुशासन कायम हुन नसकेको, बाह्य हस्तक्षेप बढिरहेको, सर्वसत्तावाद हावी हुँदै गएको, सरकार जनमुखी हुन नसकेको, राष्ट्रियता कमजोर हुँदै गएको परिप्रेक्षमा७लदकउस राप्रपाले अवलम्बन गरेको हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता र औचित्य झनै बढेर गएको छ ।
-हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि राप्रपाले जनसंघर्ष र जनपरिचालनको नीति लिएको छ, फागुन ७ गतेबाट देशव्यापी जनसंघर्ष गर्ने र त्यसका लागि राप्रपा जनजागरण अभियान गरिरहेको छ । जनजागरण अभियान ७ वटै प्रदेश र देशका सबै स्थानीय तहमा सञ्चालन हुनेछ ।
-राप्रपा पार्टी एकताको नाममा हिन्दु राष्ट्र र राजसंस्थाको बारेमा बहस गर्न तयार छैन । एजेन्डा स्पष्ट नपारेसम्म पशुपतिशमशेर राणाजीसंग वार्ता स्थगित गरिएको छ । नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा कांग्रेस र कम्युनिस्टको विकल्पमा उभिएको फरक विचार र फरक मार्गचित्र सहितको अलग्गै पार्टी हो, कसैले भाइ कांग्रेस वा भाइ कम्युनिस्ट नठानोस् । कसैलाई भाइ बन्न मन भए बने हुन्छ तर राप्रपा आफ्नो एजेन्डा र मार्गचित्रमा स्पष्ट र दृढ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया