काठमाडौं । भोलि (बिहीबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । भोलिको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमका बारेमा छलफल प्रारम्भ हुनेछ ।
बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम माथि छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
‘सम्मानीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले ‘‘सम्माननीय राष्ट्रपति महोदयले २०७९ जेठ १० गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी नीति तथा कार्यक्रममाथि सांसदबाट आएको संशोधनको प्रस्तावमाथि छलफल गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया