आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताएका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताए । 

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भने। एक प्रश्नमा मन्त्री थापाले भने, “म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उनले बताए ।

सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिकरुपमा र प्रशासनिकरुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?