काठमाडौं । सरकार अगामी भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेक शिखर सम्मेलनको तयारीमा जुटेको छ । सम्मेलनको तयारीका लागि विभिन्न मन्त्रालयगत रूपमा विभिन्न विषयगत समिति र उपसमितिहरूको निर्माण गरिएको छ । मन्त्रीहरूको नेतृत्वमा तयारी समितिहरू र समितिको मातहत रहनेगरी अरू उपसमितिहरू पनि निर्माण भई काम सुरु गरेका छन् । अध्यक्ष राष्ट्रको हैसियतले नेपालले यस पटक काठमाडौँमा शिखर सम्मेलन गर्न लागेको हो ।
शिखर सम्मेलनको तयारी स्वरूप आउँदो साउन २६ गते बिमस्टेक सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिवस्तरीय बैठक बस्ने बिमस्टेक शिखर सम्मेलनको सचिवालयका संयोजकसमेत रहेका परराष्ट्र मन्त्रालयका सहसचिव रामबाबु ढकालले बताए । शनिबार बस्ने बरिष्ठ पदाधिकारीहरूको बैठकले शिखर सम्मेलनको तयारी गर्नेछ ।
शिखर सम्मेलनका लागि अन्य ६ देशबाट राष्ट्र वा सरकार प्रमुख, परराष्ट्र मन्त्री सचिव प्रतिनिधिको रूपमा आउनेछन् । उनीहरुको लागी सहज हुने गरी बसोबासको व्यस्वस्थाका लागि उपयुक्त होटेलको व्यवस्था भइरहेको छ ।
भादौ ११ गते नै सम्मेलनका लागिबिमस्टेक सदस्य राष्ट्रका प्रतिनिधिहरू काठमाडौं आउने छन् ।
प्रधानमन्त्रीको संयोजकत्वमा विभिन्न समितिहरू बनाइएको छ । बिमस्टेक सम्मेलनलाई सफल बनाउन यस्तो योजना बनाइएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको संयोजकत्वमा सडक व्यवस्थासम्बन्धी समिति बनाइएको छ । जुन समितिअन्तर्गत विभिन्न उपसमितिहरू पनि बनाइएको छ, जसले बिमस्टेक सदस्य राष्ट्रका प्रतिनिधि आवतजावत पर्ने रुटमा सडकका खाल्टाखुल्टी पुर्ने, सडक सरसफाइको काम गरिरहेको छ ।
यस्तै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सवारी साधन तथा सुरक्षा समिति बनाइएको छ ।
यस्तै परराष्ट्र मन्त्रालयको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय समिति बनाइएको छ । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री संयोजक रहेको सांस्कृतिक समिति बनाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रीको संयोजकत्वमा सञ्चार समिति बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया