अधुरा कामलाई पूर्णता दिने पहिलो प्राथमिकतामा : रेनु दाहाल

लोकपथ
119
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी छिन् । निर्वाचित भएसँगै रेनु दाहालले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताएकी छिन् । उनले भरतपुरवासीलाई निराश हुन नदिने पनि बताएकी छिन् ।

दाहालले पहिलो पाँच वर्षमा गरेका कामको जनताले अनुमोदन गरेको बताइन् । पहिलो कार्यकालका अधुरा कामलाई पूर्णता दिने कुरा पहिलो प्राथमिकतामा पर्ने उनले बताइन् ।

अनुभवका आधारमा स्थानीय तह प्रमुखको रूपमा अन्तिम कार्यकाललाई थप सक्रियता र जिम्मेवारीका साथ पूरा गर्ने उनले प्रतिबद्धता जनाइन् ।

राष्ट्रिय गौरवका आयोजना जस्तै तटबन्ध, क्रिकेट रंगशाला, सार्वजनिक सम्मेलन हल, ढल र फोहोर व्यवस्थापनलाई प्राथमिकता दिने उनले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?