नेकपा एमाले लमजुङद्वारा बागी उम्मेदवारलाई कारबाही

लोकपथ
693
Shares

लमजुङ । नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ । एमाले बेंसीशहर नगरपालिका-६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो ।

वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिकारवडा कमिटीबाट निलम्बन गरेको छ ।

उम्मेदवारको समर्थक र प्रस्तावकलाई पनि कारबाही गरेको एमाले लमजुङका सचिव सुभाष पौडेलले बताए । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले कारबाही गर्ने निर्णय गरेको हो ।

प्रस्तावक र समर्थकलाई तीन महिनाका लागि निलम्बन गरेको बताए । पार्टीको निर्णयलाई अटेरी गरी निर्णय उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?