नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा विजयी भएका छन् । अब गन्न बाँकी मत भन्दा धेरै मतान्तर भएपनि आचार्यको जित सुनिश्चित भएको हो ।
पोखरा महानगरपालिकामा मंगलबार बिहानसम्म् १ लाख ३८ हजार २११ मत गणनासम्पन्न भएको छ । जसमा आचार्यले ५६ हजार ४७१ मत पाएका छन् भने एमालेका कृष्ण थापाले ५१ हजार १८५ मत पाएका छन् । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया