अनेरास्ववियु र युवा संघले भोलि देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघले पेट्रोलिय पदार्थको मूल्यवृद्धिविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।

अनेरास्ववियु र युवा संघले भोलि (मंगलबार) दिउँसो देशभर एकैसाथ प्रर्दशन गर्ने भएको हो ।

उपत्यकामा काठमाडौंको माइतीघर मण्डलामा र उपत्यका बाहिर प्रत्येक जिल्लाको सदरमुकाम वा उपयुक्त स्थानमा विरोध प्रदर्शन हुनेछ ।

सरकारले आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेलको मूल्य १०÷१० रुपैयाँको दरले बढाएको छ । भने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँले वृद्धि भएको छ । सरकारले निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै देशभर विरोध प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?