टीकापुर । कैलाली जिल्ला क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्यमा निर्वाचित रेशम चौधरी हाल सम्म जेलमा रहेका छन् । उनि जेलमा भएपछि उनको पद खाली रहेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) बाट अत्याधिक बहुमतले जेल भित्र बाटै चुनाव लडेर निर्वाचित रेशमको ठाउँ खाली हुँदा यसक्षेत्रका बिभिन्न मागहरुलाई सदनमा उठाउँनेको समेत अभाव देखिएको स्थानिय बासिन्दा बताउन थालेका छन् ।
‘कि त सरकारले पुनः निर्वाचन गराउन सक्नु प-यो, कि त निर्वाचित रेशमलाई रिहा गर्नु प-यो’ भन्ने बारे स्थानिय बासिन्दाबीच चर्चा हुन थालेको छ ।
यसैबिच टीकापुर उद्योग बाणिज्य संघका पूर्व महासचिव तथा विद्यार्थीका पूर्व केन्द्रिय नेता धु्रबराज खत्रीले भने, ‘टीकापुर घटनामा आरोपित रेशम चौधरीलाई राज्यले या त दोषी ठहर गरी मुद्दा चलाउन सक्नु प-यो नभए संसदमा सपत दिएर यो क्षेत्रलाई जन प्रतिनिधी बिहिनको अवस्थाबाट मुक्त गर्नु प-यो ।’
निर्वाचन सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि यो क्षेत्र जन प्रतिनिधी बिहिन हुनु भनेको सामाजिक, राजनीतिक, आर्थिक सबै किसिमले पछाडी पर्नु हो । यो शुन्य समयबाट सरकारले छिटोभन्दा छिटो निकास दिनुपर्छ, खत्रीले बताए ।
अदालती फैसला नहुञ्जेल यस क्षेत्रमा सांसदको पद खाली छ । हाल टीकापुर घटनाको मुद्दा जिल्ला अदालत कैलालीमा चलि रहेको छ । टिकापुर घटनाको मुख्य अभियुक्त रेशम चौधरीले सर्वोच्च अदालतमा रिट हालेपछि सर्वाच्चले रिट स्विकृत नगर्दा जिल्ला अदालत कैलालीको फैसला कुनुपर्ने अधिवक्ता चन्द्रभूषण सिंह स्वारले बताए ।
स्वारले भने– ‘अभियोग लागेका रेशमलाई निर्वाचन आयोग कैलालीले प्रमाणपत्र दिन अस्विकृत गरी निर्वाचन आयोग केन्द्रिय कार्यालय पठायो र निर्वाचन आयोगले पनि संसद कार्यालय पठाएको छ । अदालती फैसला नहुञ्जेलसम्म यो क्षेत्रको सांसद पद रिक्त रहने स्थिती सृजना भएको छ ।
संसद पद नहुँदा यस क्षेत्रका विकासका काममा अवरोध भएको स्थानिय बासिन्दा बताउँदै आएका छन् ।
वर्षेनी आउने सांसद कोषको करोडौ रुपैयाँ समेत रोक्का हुने हुँदा बिकाशमा काममा समेत केहि कठिनाई हुने चर्चा चल्दै आएको छ ।
टीकापुर घटनालाई सरकारले राजनीतिक घटना बनाएर समाधान पनि दिन नसक्ने र अदालतले पनि फैसला नगर्दा टीकापुर घटना किनारा लाग्न सकिरहेको छैन ।
यसले टीकापुर घटनाका कारण विग्रिएको सामाजिक सदभाव सुधारमा पनि समस्या भइरहेको छ । एकातिर ठाउँ संसद विहिन हुनु अर्कोतिर सामाजिक सदभाव पनि कायम हुन नसक्नाले ठाउँ पछि पर्दै जाने देखिएको छ ।
२०७२ भदौ ७ गते थरुहट, थारुवान माग गर्दै आन्दोलनरत आन्दोलनकारी र प्रहरीबीच भिडन्त भएको थियो । भिडन्तमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीको ज्यान गएको थियो । घटनास्थल नजिकै घरमा रहेका डेढवर्षे बालक टेकबहादुर साउदको पनि गोली लागि मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया