१२ देशमा मंकीपक्सका ८० भन्दा बढी केस पुष्टि

लोकपथ
0
Shares
UNDATED ? MAY 27: In this Centers for Disease Control and Prevention handout graphic, symptoms of one of the first known cases of the monkeypox virus are shown on a patient?s hand May 27, 2003. The CDC said the viral disease monkeypox, thought to be spread by prairie dogs, has been detected in the Americas for the first time with about 20 cases reported in Wisconsin, Illinois, and Indiana. (Photo Courtesy of CDC/Getty Images)

लन्डन । कम्तिमा १२ देशमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कुनै पनि देशको नाम नलिइकन थप ५० संदिग्ध केसहरू अनुसन्धान भइरहेको जनाएको छ । अझै बढी केसहरु बढ्ने चेतावनी पनि डब्लूएचओले जनाएको छ ।

अमेरिका, क्यानडा र अस्ट्रेलियाबाहेक ९ ओटा युरोपेली देशहरुमा संक्रमण पुष्टि भइसकेको छ । मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम क्षेत्रमा मंकीपक्स बढी मात्रामा देखिन थालेको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो एक दुर्लभ भाइरल संक्रमण हो, जसको सामान्यतया हल्का असर हुन्छ र अधिकांश संक्रमित केही हप्तामा निको हुन्छन् ।

भाइरस मानिसमा सजिलै नसर्ने र जोखिम निकै कम रहेको बताइएको छ । मंकीपक्सको लागि कुनै विशेष खोप छैन । तर, बिफरको खोपले ८० प्रतिशत सुरक्षा प्रदान गर्दछ, किनकी दुई भाइरसहरू निकै समान छन् ।

हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा केसहरू पुष्टि गरेका छन् । शुक्रबार एक विज्ञप्तिमा डब्ल्यूएचओले हालैका प्रकोपहरू असामान्य रहेको र त्यो अन्य देशहरुमा फैलिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?