काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद आउँदो भदौ २ गतेसम्म तोकिएको छ ।
नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतको घरमा बुधबार बसेको निर्देशक समितिको बैठकले नेविसंघको वर्तमान कार्यसमितिको म्याद तोकिएको बताएको हो ।
बैठकले नेविसंघको महाधिवेसनका लागि भएको कार्ययोजना निर्देशक समितिलाई दश दिनभित्रै बुझाउन पनि निर्देशन दिएको छ ।
विशेष परिस्थितिमा तीन महिना अवधि बढाउन सक्ने प्रावधान अनुसार तीन महिनामा अधिवेशन गर्ने आधार पेश गर्न निर्देशक समितिले अध्यक्ष नैनसिंह महरालाई निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जनाएका छन् ।
संघको १२ औं महाधिवेसनका विषयलाई लिएर आन्तरिक विवाद भएपछि निर्देशक समितिको बैठक बसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया