काठमाडौं । नेपाली कांग्रेस सांसद एवं राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले संसदीय सुनुवाई विशेष समितिको निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद देवले कामु प्रधानन्यायाधिश दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयलाई संसदीय सुनुवाई विशेष सममितिले उल्टाउने काम गरेकाले सो बारे प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरेका हुन् ।
साथै संवैधानिक परिषद्को संरचना र राजनीतिक अवधारणाबारे पनि बुझ्न उनले सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै वर्तमान सरकारले गतिणिय दृष्टिबाट गरिएका निर्णयहरुले मुलुकलाई प्रतिक्रान्तिको बाटोमा लगेको दाबी गर्दै उनले दुइतिहाईको दम्भमा सरकारले गरेको निर्णयले मुलुकलाई प्रतिक्रान्तितिर धकेलिरहेको बताए ।
अर्को बैठक साउन २८ सोमबार १ बजेका लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया