स्थानीय तह निर्वाचनमा काँग्रेस जित संख्या ३०० कटायो

लोकपथ
0
Shares

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जीतको संख्या ३ सय कटाएको छ । शुक्रबार रातिसम्म सो पार्टीले ३०१ स्थानीय तहका प्रमुख र अध्यक्ष पदमा जित हासिल गरेको हो। अझै पनि काँग्रेस २४ स्थानीय तहमा मतगणनाका क्रममा अगाडि नै रहेको छ ।

निर्वाचन आयोगका अनुसार काँग्रेसले प्रमुख पद ११६ स्थानमा जितेको छ भने अध्यक्ष पद १८४ स्थानमा जितेको छ ।
दोस्रो स्थानमा रहेको एमालेले भने ६४ प्रमुख र १२० अध्यक्ष पद जितेको छ । यस्तै माओवादीले २१ प्रमुख र ९६ अध्यक्ष पद जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?