अनिश्चितकालका लागि स्थगित भनिएको बैठक अर्को साता हुने

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक आगामी साता मात्रै बस्ने भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि विदेश जाने भएकाले परिषद् बैठकको मिति सारीएको हो ।  बैठक आजका लागि तय भएको थियो । कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले परिषद् बैठक अर्को साता मात्रै बस्ने जानकारी दिए । 

प्रतिपक्ष दलका नेता उपचारका लागि सात दिनका लागि बाहिर जाने कुरा प्रधानमन्त्रीलाई जानकारी गराएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको मन्त्री ढकालको भनाइ थियो । 

नेपाली काङ्ग्रेसका सभापति देउवा स्वदेश फर्केपछि मात्रै अब परिषद् बैठक बस्नेछ ।  

देउवा आजनै श्रीमति आरजु संग उपचारका लागि सिंगापुर जाँदैछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?