काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा फिर्ता लिन अस्वीकार गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उनलाई राजीनमा फिर्ता लिन आग्रह गरेका थिए।
श्रेष्ठलाई अध्यक्षद्वयले राजीनामा फिर्ता आग्रह गरे पनि उनले नमानेको पार्टीको स्रोतले जनाएको छ । आफूले स्वेच्छाले आनन्दपूर्वक राजीनामा दिएकाले राजिनामा फिर्ता नलिने श्रेष्ठको भनाई छ ।
तर निर्णय भने हुन सकेको छैन्। बैठक भोलि पनि बस्ने छ।
गत साउन ७ गतेको सचिवालय बैठकमा डा गोविन्द केसीको जारी अनसनको विषयमा श्रेष्ठको सक्रियतालाई लिएर अध्यक्षद्वयले मौखिक स्पष्टिकरण सोधेपछि श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया