नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् ।
शुक्रबार आएको अन्तिम मतपरिणाम अनुसार मेयर उपमेयरमा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका हुन् ।
बेलकोटगढीको मेयरमा १२ हजार २१ सय ७५ मतसहित गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका जगतबहादुर गुरुङ निर्वाचित भएका छन् । भने उपमेयरमा ९ हजार ९ सय ८८ मतसहित गठबन्धनका उम्मेदवार कांग्रेसका शिवप्रसाद दाहाल निर्वाचित भएका हुन् ।
मेयरमा गुरुङका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले ६ हजार ४ सय २६ मत प्राप्त गरेका छन् । भने उपमेयरतर्फ उपविजेता बनेकी एमालेकी उम्मेदवार रुपा सापकोटाले ७ हजार ६६ मत प्राप्त गरेकी छिन् ।
१० गाउँपालिका र २ नगरपालिका गरी १२ स्थानीय तह रहेको नुवाकोटमा सबै पालिकाको मतगणना सकिएको छ । जसमध्ये विदुर र बेलकोटगढीमा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार हालका मेयरका प्रत्यासी राजेन्द्ररमण खनाल विजयी भएका थिए । भने उपमेयरमा माओवादी केन्द्रको उम्मेदवार विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया