काठमाडौंमा उपमेयरको प्रतिस्पर्धा रोचक : डंगोलको अग्रगामी रफ्तार, श्रेष्ठ कछुवा गतिमा

लोकपथ
203
Shares

काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनामा मेयर र उपमेयरको मतगणना रोचक बनेको छ । मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै राजनीतिक दलहरुलाई चुनौती दिएका छन् । यता उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता कायम गर्दै मतान्तरलाई प्रतिस्पर्धीलाई कठिन पार्दै अघि बढेकी छिन् ।

हालसम्म डंगोल र उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठबीचको अन्तर १७ हजार ९ सय ८४ रहेको छ । त्यसो हुँदा डंगोलले २६ हजार ५ सय ७५ मत प्राप्त गरेका छन् भने उनलाई ठूलो मतअन्तरसहित ८ हजार ५ सय ९१ मतसहित श्रेष्ठले पछ्याइरहेका छन् ।

स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिन लागेकी डंगोल परिचित अनुहार भएका कारण मतान्तर बढेको धेरैको बुझाइ रहेको छ । उनले सुरुवातबाटै अग्रता कायम गर्दै अन्नतः ठूलो मतान्तर बनाएकी हुन् ।

यता मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साहले सोही रफ्तारमा अन्य राजनीतिक दलहरुलाई पछाडी पारिरहेका छन् । उनले हालसम्म २९ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् भने उनलाई १५ हजार ९ सय २१ मतसहित नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?