सांगठनिक एकीकरणबारे बिहीबार टुंगो लाग्ने  : नेकपा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सांगठनिक एकीकरणको विषयलाई बिहीबार टुंगो लगाउने भएको छ । 
बैठकले सांगठनिक एकीकरण सम्बन्धी विषयलाई भोलि बिहीबार टुंगो लगाउने निर्णय गरेको हो । 

त्यस्तै बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समसामयिक राजनीतिक परिस्थितिबारे सचिवालय सदस्यलाई जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

साथै पार्टीको विधान अनुसार भदौ ५ गते भित्र संगठन एकीकरणको काम सम्पन्न गर्नुपर्ने भएको नेकपाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रीत गरेको हो । नेकपाले यसअघि नै आन्तरिक सर्कुलर जारी गर्दै भदौ ५ गने भित्र संगठनको एकीकरणको काम सम्पन्न गर्ने बताइसकेको छ । 

बिहीबार दिउँसो २ बजे बस्ने बैठमा भने मुलुकको समग्र राजनीतिक र स्थायी समितिको बैठक बोलाउने विषयमा समेत छलफल हुने बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?