संविधान संशोधनको विकल्प छैन : उपप्रधानमन्त्री यादव

काठमाडौं ।  संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताएका छन् । 

भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको उल्लख गरे ।

उनले भने, ‘संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय मुद्दाको सम्बोधन गर्ने र विगतमा भएका विभिन्न आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने सहमति भएर हामी सरकारमा आएका हौँ, अहिले सहमतिलाई पूरा गर्ने अभियानमा हामी लागेका छौँ ।’

अहिलेकै संविधानका प्रावधानबाट पछाडि परेका वर्ग, जाति, भाषा, धर्म र भूगोलको समस्या एवं अधिकार सम्बोधन गर्न असम्भव रहेको उनको जिकिर छ । उनले भने, ‘अहिलेम्म केही सीमित व्यक्तिको वरिपरि मात्रै सत्ता घुमेको छ, सत्ताको पहुँचसम्म नेवार, मधेसी, जनजाति, दलित र पहाडका खसको पहुँच पुगेको छैन, अब पहुँचको विस्तार गर्नुपर्छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?